Logo

देउवा र सिंहलाई सशांकको जवाफ : म पार्टीमा फुट आउन दिन्न



काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले आफू कांग्रेसलाई एक बनाएर लैजाने पक्षमा रहेको बताएका छन् ।

बुधबार आफ्नै निवासमा पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वा्चित सांसदहरुलाई लञ्चको लागि बोलाएको भेलामा पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा कोइरालाले यस्तो बताएका हुन् । उनले भने,‘म पार्टीलाई बलियो बनाउने पक्षमा छु, सबैलाई मिलाएर लैजानुपर्छ ।’

उनले आफू संसदीय दलको नेतामा सर्वसम्मत बनाउन लाग्ने पनि जानकारी दिए । कोइरालाले भने,‘ फागुन २० गतेसम्म म सर्वसम्मतीको लागि प्रयास गर्छु ।’
उनले दलको नेतामा उम्मेद्धवारी दिने घोषणा गरेका नेता प्रकाशमान सिंहलाई पनि सर्वसम्मतीको लागि पहल गर्न तयार हुनुपर्ने सुझाव दिए । उनले भने,‘म पार्टीमा फुट आउन दिन्न । कांग्रेसलाई एक बनाएर लैजान्छु ।’



प्रतिक्रिया दिनुहोस्