Logo

फोरमलाई सरकारमा सहभागि गराउने बारे छलफलमा एमाले–माओवादी, निष्कर्ष पर्खिदै उपेन्द्र यादव



फागनु १६, काठमाण्डौ । संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउन संविधान संशोधनका लागि सरकारले आजै लिखित प्रतिवद्धता व्यक्त गर्ने भनिए पनि हुन सकेको छैन ।

फोरमले अघि सारेका माग सम्बोधन गर्न सकिने वा नसकिने बारे एमाले र माओवादी आन्तरिक गृहकार्यमा भने जुटेका छन् ।

उता फोरमका अध्यक्ष उपेन्द्र यादव भने एमाले–माओवादीबिचको छलफलको निष्कर्ष कुरेर बसेका छन् ।

“हाम्रा मागबारे एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिचको सहमतिको पर्खाइमा छु ।” यादवले भने ।

ऋषि धमलासँग कुरा गर्दै यादवले दुई दलबिच संविधान संशोधन गर्ने विषयमा ठोस सहमति भएपछि आफू सरकारमा जान सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्