Logo

शेयरबजारमा पहिरो, पौने तीन घण्टाको कारोबारमा ५० अंकको गिरावट



फागुन २०, काठमाण्डौ । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । १३ सय ४५ अंकबाट सुरु भएको कारोबार पौने दुई बजेसम्म लगातार घटेर १२ सय ९५ अंकमा पुगेको छ ।

बजार खुलेदेखि नै लगातार ओरालो लगोको नेप्से परिसुचक १ बजेर ४५ मिनेट जाँदासम्म ५० दशमलब सात आठ अंकले घटेको हो ।

अहिलेसम्म परिसुचक तीन दशमलब सातसात प्रतिशतले घटिसकेको छ । सेन्सेटिभ इन्डेक्नस पनि दश अंकभन्दा बढिले घटेर २ सय ७४ अंकमा झरेको छ ।

बजार घट्ने क्रम अझै रोकिएको छैन । यद्यपी कारोबार अवधि एक घण्टाभन्दा बढि बाँकी रहेकाले करेक्सन हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्