Logo

वातावरणीय प्रदूषण रोक्न प्रभावकारी योजना ल्याउने प्रतिबद्धता



काठमाडौं, २० फागुन  । जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितले समृद्धि र विकासको दिशामा वर्तमान सरकार इमान्दारीपूर्वक लाग्ने बताएका हुन् ।

काठमाडौंमा आज भएको महिला स्वास्थ्य अधिकार र वातावरणसम्बन्धी कार्यक्रममा मन्त्री पण्डितले बताएका हुन् ।  मन्त्री पण्डितले सूर्तीजन्य पदार्थको आदतका कारण बालवालिकाको भविष्य विग्रंदै गएको भन्दै यसलाई पूर्णरुपमा प्रतिबन्ध लगाउन प्रयास गर्ने बताए ।

मन्त्री पण्डितले वढ्दो वातावरणीय प्रदूषण रोक्न प्रभावकारी योजना ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्