Logo

साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट, नेप्से परिसुचक ४१ अंकले घट्यो



फागुन २०, काठमाण्डौ । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । कारोबार खुलेदेखि नै लगातार ओरालो लागेको नेप्से परिसुचक बन्द हुँदा एक हजार तीन सय चार दशमलब चार तीन अंकमा झरेको हो ।

आज एकै दिन नेप्से एकचालिस दशमलब पाँच छ अंकले घटेको हो । क वर्गका कम्पनीहरुको सुचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आठ दशमलब पाँच आठ अंकले घटेर दुई सय ७६ दशमलब आठ शुन्य अंकमा पुगेको छ ।

आज समग्रमा शेयरबजार तीन दशमलब शुन्य नौ अंकले घटेको हो । नेप्से ओरालो लाग्ने क्रममा करिब दुई बजे सबैभन्दा बढि ५४ अंकले घटेर एक हजार दुई सय ९१ अंकमा झरेको थियो । त्यसपछि पुनः बढ्न थालेको नेप्से बन्द हुँदा केही करेक्सन भएको हो ।

एक सय ५१ कम्पनीका १३ लाख ११ हजार नौ सय ४८ कित्ता शेयर पाँच हजार नौ सय त्रिचालिस पटक किनबेच हुँदा ४८ करोड ३९ लाख ६७ हजार पाँच सय ६ रुपैयाँ बराबरको शेयर खरिदविक्रि भएको छ ।

आज कारोबारमा आएका एक सय ५१ कम्पनीमध्ये दुईवटाको परिसुचक मात्रै बढेको थियो । स्वदेशी लघुवित्त वित्तिय संस्था र सुर्योदय लघुवित्त वित्तिय संस्थाको परिसुचक भने बढेको हो । कारोबारमा आएका दशवटै समुहको सुचक घटेको छ । सबैभन्दा बढि बिमा समुहको २ सय ८६ अंकले घटेको छ ।



प्रतिक्रिया दिनुहोस्