Logo

निष्ठावान सांसदहरुले विवेक प्रयोग गरेर प्रकाशमानलाई जिताउनुहनेछ : गौतम



फागुन २१, काठमाण्डौ । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।

सर्वसम्मत रुपमा नेता चयन गर्ने प्रयास गरिए पनि दुवै आकांक्षी पछि नहटेपछि चुनाव हुन लागेको हो ।

कांग्रेसका नेता तथा सासंद सञ्जय गौतमले सर्वसम्मतिको प्रयास सफल नभएपछि चुनाव हुन लागेको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता नेता गौतमले देउवालाई दलको नेताको दौडबाट पछि हटेर अरुलाई नै सर्वसम्मत बनाउन आग्रह गरिए पनि नमानेको बताए ।

अहिलेको समयमा नेतृत्व परिवर्तनको खाँचो भए पनि सभापति देउवाले मनन नगरेको उनको तर्क छ ।

अहिलेको परिस्थितीमा संसदमा शसक्त प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नका लागि देउवाको विकल्प खोज्नुपर्ने बेला भएकाले आफूहरु देउवालाई सर्वसम्मत दलको नेता बनाउनबाट पछि हटेको गौतमले बताए ।

गणितको हिसाब गर्दा देउवाले चुनाव जित्ने अवस्था भनिए पनि कांग्रेसको आवश्यकता अनुसार सासंदहरुले उचित निर्णय गरेर सिंहलाई मत दिने विश्वास गौतमको छ ।

“नेपाली कांग्रेसमा निष्ठावान सासंदहरु छन् । हिजोको विभाजनको आधारमा मात्रै मतदान हुँदैन । माननीय सासंदहरुले विवेकको प्रयोग गर्नुहुन्छ । प्रकाशमानले जित्नुहुन्छ ।”गौतमले भने ।



प्रतिक्रिया दिनुहोस्