Logo

पाकिस्तानी प्रधानमन्त्री अब्बासीको स्वागत गर्न अर्थमन्त्री खतिवडा विमानस्थलमा



काठमाडौं, २१ फागुन । दुई दिने नेपाल भ्रमणमा काठमाडौं आउन लागेका पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री डा. युवराज खतिवडा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगेका छन्।

प्रधानमन्त्री अब्बासी सवार पाकिस्तानी सेनाको विशेष विमान दिउँसो ३ : ४५ मा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । पाकिस्ताानी दूतावास स्रोतका अनुसार उनी आउने विमान केही ढिला भएको हो। उनलाई साँझ ५ : ३० मा टुँडिखेलमा गार्ड अफ अनर दिने कार्यक्रम छ।

अब्बासी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ। उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज डिनरको आयोजना गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्