Logo

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा



काठमाडौं, २१ फागुन । दुई दिने नेपाल भ्रमणमा काठमाडौं आएका पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

उनी बिशेष बिमानबाट ३२ सदस्यीय टोलीसहित आएका हुन् । प्रधानमन्त्री अब्बासी सवार पाकिस्तानी सेनाको विशेष विमान दिउँसो ३ :३८ मा विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्री अब्बासी बौद्धस्थित हायात रिजेन्सी होटल पुगेर केही समय विश्राम गर्नेछन्। त्यसपछि सैनिक मञ्च पुगेर ‘गार्ड अफ अनर’ ग्रहण गर्नेछन्।उनलाई साँझ ५ :३० मा टुँडिखेलमा गार्ड अफ अनर दिने कार्यक्रम छ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिइँदै आएको ‘गार्ड अफ अनर’ सैनिक मञ्चमा दिने निर्णय १६ फागुनको मन्त्री परिषद बैठकले गरेको थियो।

अब्बासी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ। उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज डिनरको आयोजना गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्