Logo

देउवा पाकिस्तानी प्रधानमन्त्रीको प्राथमिकतामा परेनन्, प्रचण्डलाई भेट्ने



काठमाडौं, २१ फागुन । दुई दिने नेपाल भ्रमणमा आज काठमाडौं आईपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खक्कान अब्बासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नभेट्ने बुझिएको छ।

आज काठमाडौं आएका प्रधानमन्त्री अब्बासको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गरेका थिए ।

उनको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिईएको थियो । उनको सम्मानमा १९ तोपको सलामी दिईएको थियो । त्यसलगत्तै प्रधानमन्त्री ओली र अब्बासबीच भेटवार्ता भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार बिहान शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको छ । तर, कांग्रेस सभापति देउवासँग भेट गर्ने कुनै कार्यक्रम नरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री अब्बासीसँग उहाँका सचिव फवाद हस्सन फवाद, सैन्य सचिव ब्रिगेडियर वासीम इफ्तीखार चिमासहित पाकिस्तानी सरकारका उच्चअधिकारी संलग्न हुनुहुन्छ । आज नेपालको दुईदिने भ्रमणमा आउनुभएका उहाँ मङ्गलबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्