Logo

चार बुँदे सहमतिपछि टीकापुर घटनाका आरोपीले अनसन तोडे



कैलाली, २८ फागुन । टीकापुर घटनामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका २४ जनाले अनशन तोडेका छन् ।

स्थानीय प्रशासनसँग चारबुँदे सहमतिपछि उनीहरुले अनशन स्थगित गरेका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जुस खुवाएर अनशन तोडाए ।

फागुन २० गतेदेखि निर्वाचित सांसद रेशम चौधरीलाई सपथ दिलाइनुपर्ने, टीकापुर घटनामा थुनिएका सबैलाइ रिहा गरिनुपर्ने मागसहित कैलाली कारागारमा २४ जना आमरण अनशनमा बसेका थिए ।

१५ दिन भित्र आफ्ना माग पुरा नभए अनशनरत पक्षले पुनः आमरण अनशन गर्ने चेतावनी दिएका छन् । यसअघि कैलालीका सबै राजनीतिक दलले विज्ञप्ती जारी गरि अनशनरत सबैको जीवन रक्षाका लागि माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्