Logo

बिमान दुर्घटनामा परेका ७१ जनामध्ये ५० को मृत्यु भएको अनुमान



फागुन २८, काठमाण्डौ । बंगलादेशको एयर युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । विमानमा रहेका १४ जनाको उद्धार गरिएको बताइएको छ ।

विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ । दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । अहिले उडान र अवतरण सबै उडानहरु रोकिएका छन् ।

विमानस्थलमा अवतरणका लागि बाहिरबाट आएका सबै विमानहरुलाई डाइभर्ट गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्