Logo

महिलाको अधिकार सुरक्षित गर्छु : मन्त्री थापा



काठमाडौँ, २९ फागुन : श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारवाही गरी उनीहरुको अधिकार सुरक्षित गरिने बताउनुभएको छ ।

सांस्कृतिक सङ्ग्रहालय नेपालले नेपाल कला परिषद्मा आयोजना गरेको ‘नेपालका विशिष्ट महिला’को तस्वीर अवलोकन गर्न पुग्नुभएका उहाँले राज्य निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “सबै विशिष्ट महिलाको तस्वीरलाई एक ठाउँमा ल्याएर सङ्ग्रहालयले राम्रो काम गरेको छ”, उहाँले भन्नुभयो ।

समाजका बिभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका महिलालाई सरकारले केही गर्न नसकेकाले आफ्नो कार्यकालमा यस्ता व्यक्तिलाई प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “महिलाको अधिकारलाई सुरक्षित गर्नका लागि आइपरेका जटिलता हटाउन लाग्नेछु”, ।

मन्त्री थापाले महिला हरेक क्षेत्रमा सक्षम छन् भन्नेमा प्रदर्शनीले सन्देश दिएको पनि बताउनुभयो । प्रदर्शनी फागुन २४ गते शुरु भई ३० गतेसम्म चल्नेछ । (रासस)



प्रतिक्रिया दिनुहोस्