काठमाडौं, ०२ चैत । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को केन्द्रीय कार्यालयमा छापामारेको छ। प्रहरीले बैंकका केही अधिकारीहरुलाई समेत नियन्त्रणमा लिएको छ।
बैंकको वोर्ड बैठक चलिरहँदा सिआइवीले छापा मारेको थियो। बैंक मर्ज हुँदा रकम अनियमितता भएको आशंकामा सीआइवीले अनुसन्धान थालेको हो। करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले गरेको छ।