Logo

भारत जानुअघि ओलीको रथमा उपेन्द्र र महन्थ ठाकुर नचढ्ने



काठमाडौं, ८ चैत्र । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाल तत्काल सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री ओली यही चैत्रको अन्तिममा पहिलो विदेश भ्रमणको लागि भारत जाने भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणअघि राजपा र फोरम सरकारमा सहभागी नहुने निश्चित भएको छ ।

प्रधानमन्त्री ओलीको चाहना राजपा र फोरम दुवैलाई समदुरीमा राख्ने योजना छ । प्रधानमन्त्री निकट उच्च स्रोतले भन्यो,‘भारत भ्रमण अघि दुवै दललाई बाहिर राख्ने, बरु उनीहरुको माँगलाई सम्बोधन गर्ने खासगरी संविधान संशोधन पनि गर्ने प्रधानमन्त्रीको चाहना छ।’



प्रतिक्रिया दिनुहोस्