चैत ९, काठमाण्डौ । नेपालका मन्त्री तथा नेताहरु कामभन्दा पनि लोकप्रियताका लागि अनेक स्टन्ट गर्ने गर्दछन् ।
न बोलीको ठेगान छ, न कामको । तर पनि अनेक भाषण र अभियान सुनाउँछन् । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले पनि एउटा यस्तै घोषणा गरेका छन् ।
प्रदेशलाई सफा बनाउन आफू प्रदेश नम्बर दूईका आठै जिल्लाको सडकमा झाडू लिएर उत्रिने घोषणा राउतले गरेका हुन् ।
त्यसो घोषणा गरेअनुसार काम गर्नु राम्रै हो । तर सफा बनाउनका लागि नीतिगत सुधार गर्दै जनतामा चेतना जगाउनसक्नुपर्छ । मुख्यमन्त्री झाडु बोकेर हिँड््दैमा सफा हुन्छ भनेुर विश्वास गर्न सकिदैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक नागरिकलाई ’स्वच्छ भारत’ अभियानमा एकजुट हुन आह्वान गर्दै झाडु बोकेर सफा गर्न हिँडेका थिए ।
सन् २०१४ मा मोदीले स्वच्छ भारत अभियान सुरु गरेका थिए ।
त्यसबेला भारत सरकारले गल्ली, सडक तथा चोक सफा सुग्घर राख्ने उद्देश्य लिएको थियो ।