Logo

हैजाबाट नाइजेरियामा नौ जनाको मृत्यु



अबुजा, नाइजेरिया, १० चैत / नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने बौची राज्यमा हैजा रोगको प्रकोपबाट नौ जनाको मृत्यु भएको छ ।

हैजाकै कारण ती नौ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । बौची राज्यका पाँच ओटा जिल्लामा हैजाको प्रकोप फैलिएको छ । अहिलेसम्म झण्डै ३२४ जनालाई हैजा लागेको अधिकारीहरुले बताएका छन् ।

राज्यका स्वास्थ्य आयुक्त जुवैर हसनले सिन्ह्वालाई दिएको जानकारी अनुसार हैजाबाट प्रभावित बिरामीहरुलाई हेरचाह गर्नका लागि विषेश व्यवस्था गरिएको छ ।

हैजाबाट प्रभावित मध्ये कम्तीमा २६ जनलाई अस्पताल भर्ना गरिएको छ भने उपचार सेवा सक्रिय पारिएको छ । सररफाईमा कमी, स्वास्थ्य चेतनाको अभाव र खुल्ला रुपमा दिसा, पिसाब गर्ने प्रचलनको कारण त्यस क्षेत्रमा हैजा फैलिएको आयुक्त हसनले बताउनु भयो ।

त्यसैगरी पिउने पानी शुद्ध नभएकाले पनि हैजाका बिरामीहरु बढेको र अरुलाई सर्दै गएको अधिकारीहरुले बताएका छन् । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्

Screenshot