काठमाडौं, १२ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई १५ गते सम्बोधन गर्ने भएकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो । १५ गते ४ बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् ।
सरकारले दोहोरो घरबहाल कर हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै हालै सम्पन्न भएको चुनावका बेला घाईतेहरुको अस्पतालको बिल बमोजिम सरकारले उपचार खर्चको बिल भुक्तानी गर्ने पनि आजको बैठकले निर्णय गरेको छ । सञ्चारराज्यमन्त्री गोकुल बाँस्कोटाले दिएको जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल र बारा जिल्ला स्थायी घर भएका अच्युत मैनालीलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ ।
त्यस्तै रानीजमरा सिँचाई आयोजनको क्षतिपूर्ति सरकारले दिलाउने पनि आजको बैठकमा निर्णय भएको छ । मुलुक संघीय व्यवस्थामा गएकोले यो व्यवस्थासँगै सिर्जना भएका पदहरु जस्तो जिल्ला समन्वय समितिका प्रमुखहरुलाई कुटनीतिक राहदानी दिलाउने, गाउँपािलको अध्यक्षलाई अफिसियल राहदानी दिलाउने पनि निर्णय सरकारले गरेको छ ।
त्यस्तै नेपाली सेनाका १३ जना महासेनानीको म्याद पनि आजको बैठकले थप गरेको छ ।