काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिएकी छिन् ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज अपराह्न सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताईन् ।
राष्ट्रपति भण्डारीले नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न अन्तर्रा्ष्ट्रिय जगत्सँग उचित ढंगले समन्वय गर्दै मुलुकभित्र, छिमेकमा र विश्वशान्ति र समृद्धिका लागि सक्दो योगदान गर्न आग्रह गरिन् ।
तस्विर : मुकुन्द कालिकोटे