Logo

ढकाललाई गिरिजाप्रसाद, श्रेष्ठलाई भण्डारी पत्रकारिता पुरस्कार प्रदान



काठमाडौँ, १७ चैत्र : रिपोर्टर्स क्लब नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेसन्सको ‘साप्ताहिक’ का प्रधानसम्पादक सुवास ढकाललाई प्रदान गरेको छ ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित पुरस्कार तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय ढकाललाई प्रदान गरिएको हो । क्लबको २० औं स्थापना दिवस असरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले एक लाख रुपैयाँ राशिको पुरस्कार ढकाललाई प्रदान गरे ।

एक लाख राशिकै मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक/प्रकाशक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।

यसैगरी, वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार राजधानीका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरियो ।

कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका संवाददाता दिलीप थापा मगर, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार द हिमालयन टाइम्सका विशेष संवाददाता रेवती सापकोटा, सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका वरिष्ठ संवाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको थियो ।

बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिकका फोटो पत्रकार विजय राई, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी संवाददाता दीपा दाहाल, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका समाचारदाता भउचप्रसाद यादवलाई प्रदान गरिएको थियो ।

यस वर्षको सहिद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार राजन कुईकेल पुरस्कृत भएका छन् ।

यो वर्षको उत्कृष्ट युवा पत्रकातिा पुरस्कारबाट उज्यालो नेपाल डटकमका प्रधान सम्पादक मनहरि तिमिल्सिनालाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १० हजार रहेको छ ।

त्यस्तै यो वर्षको युवा पत्रकारिता पुरस्कारबाट राससका सम्वाददाता सुशिल दर्नाललाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि पाँच हजार रहेको छ ।



प्रतिक्रिया दिनुहोस्