Logo

हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय मुख्य भेटवार्ता सुरु



नयाँ दिल्ली, २४ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

विहान राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

अहिले हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय मुख्य भेटवार्ता सुरु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्तापछि सामूहिक एवं प्रतिनिधिमण्डलस्तरीय छलफल र भेटवार्ता सुरु भएको छ ।

यस्तै नेपाल र भारतका उच्च अधिकारीको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरिनेछ । सो कार्यक्रमलगत्तै उपराष्ट्रपति बेनकैया नायडु र गृहमन्त्री राजनाथ सिंहसँग पनि प्रधानमन्त्री ओलीको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ । आज साँझ १७ः३० इन्डिया फाउन्डेशनको कार्यक्रममा नागरिक अभिनन्दन ग्रहण गरी सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणको तेस्रो दिन अर्थात् आइतबार उत्तराखण्डमा अवस्थित पन्तनगरका लागि प्रस्थान गरी एकीकृत कृषि परियोजनाको निरीक्षण, कृषि विश्वविद्यालयकै सभाकक्षमा मानार्थ विद्यावारिधिको प्रमाणपत्र ग्रहण गर्ने र लगत्तै नयाँ दिल्ली हुँदै साँझ ६ः०० बजे नेपाल एअरलाइन्सको चार्टर उडानमा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्