नयाँ दिल्ली, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले महत्वका साथ समाचार प्रकाशन तथा प्रशारण गरेका छन् । प्रधानमन्त्री ओलीको भ्रमणलाई भारतीय मिडियाहरुले विशेष महत्वका साथ कभरेज गरेसँगै भारतले ओलीलाई उच्च प्राथमिकतामा राखेको प्रष्ट हुन्छ ।
तीन दिने राजकीय भ्रमणमा नयाँ दिल्ली आएका ओलीको दिल्ली अवतरणसँगै भारतीय मुलधारका मिडियाहरुमा एक्सेसभ कभरेज देखिन्थ्यो । र, त्यो क्रम आजसम्मपनि जारी छ । द हिन्दु, हिन्तुस्तान टाईम्स, टाईम्स अफ ईण्डिया लगायतका चर्चित पत्रिकाहरुले ओलीलाई विशेष महत्व दिँदै समाचार प्रकाशन गरेका छन्।
ओली र मोदीले संयुक्त पत्रकार सम्मेलन गरिरहँदा भारतका धेरै टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए । यसअघिका नेपालका प्रधानमन्त्रीहरुको भ्रमणमा त्यस्तो देख्न पाईएको थिएन् । यसले पनि के देखाउँछ भने ओलीलाई भारतीय मिडियाले विशेष महत्व दिएक हुन् ।
टाइम्स अफ इण्डियाले प्रथम पृष्ठमा ओली र मोदीले हात मिलाएको फोटासहित चीनबाट नेपाललाई बाहिर ल्याउन भारतले कनेक्टिभिटीका लाथि थप अफर गरेको दावीसहित समाचार बनाएको छ । त्यस्तै हिन्दुस्तान टाइम्सले नेपाल र भारतले रेल र जलमार्गका लाथि नयाँ ढंगले सम्झौता गरेर अघि बढ्न चाहेको कुरालाई प्राथमिकता दिएको छ ।