Logo

प्रधानमन्त्रीको भारत भ्रमणलाई चमत्कारीको रुपमा बुझ्न जरुरी छैन् : सिंह



काठमाडाैं, , २७ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तामान सरकारले कांग्रेस सरकारले लिएकाे अर्थ नीति गलत थियाे भन्ने देखाउन श्वेतपत्र जारी गरी निजी क्षेत्र र अर्थतन्त्रलाई अातंकित पार्ने काममा लागेकाे अाराेप लगाएका छन्।

मंगलबार नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा अायाेजना गरेकाे पत्रकार भेटघाटमा बाेल्दै नेता सिहले प्रधानमन्त्रीकाे भारत भ्रमण प्रधानमन्त्री भएपछि भारत भ्रमणकाे निरन्तरताकाा लागि मात्र भएकाले यसलाई चमत्कारकाे रुपमा बुझ्न जरूरी नभएकाे बताए।

भारतसँग विगतकाे धेरै सम्झौता भएकाे उल्लेख गर्दै विगतका सम्झाैता कार्यनयन गराउन सके मात्र भ्रमण उपलब्धि पूर्ण हुने बताए।कांग्रेस विधि सम्वत चल्न नसक्नु लाेकतान्त्रिक विधिलाई अात्मसात गर्न नसक्नु नै पराजयकाे कारण भएकाे उनकाे भनाइ थियाे।

दुई महिनामा गर्नु पर्ने पदाधिकारी नियुक्ति अब गरे विधान बिपरित हुने दाबी गर्दै नेता सिंहले सभापतिले विधान बिपरित कुनै निर्णय गरे त्याे अबैधानिक निर्णय अाफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए। उनले पार्टीभन्दा अाफ्नाे गुट बलियाे बनाउन काम गरे गुट बलियाे भने पनि पार्टी कमजाेर बन्ने बताए।

चुनावी समीक्षा र सुधारकालागि भएका प्रयासलाई गलत रुपमा नलिइ पार्टी सुधारकालागि भएका गलत कुरालाई सुधार्ने तर्फ नलागी विराेध गर्याे भनेर नबुझ्नसमेत अाग्रह गरे। देशभरका सबै नेता कार्यकर्तालाई निरास नभई संगठन सुधारमा लाग्न नेता सिंहले अपील गरेका छन्।



प्रतिक्रिया दिनुहोस्