काठमाडौं, २९ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता संयोजन समितिको बैठक अब बैशाख २ गतेमात्रै बस्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारी अनुसार एकता संयोजन समितिको बैठक अब ०७५ साल बैशाख २ गतेमात्रै बस्ने भएको हो ।
बैठक यसअघिपनि तय नभएका होईनन् । एकता संयोजन समितिको बैठक सरेको सरै छ । एमाले बरिष्ठ नेता माधव कुमार नेपाल चीन भ्रमणमा गएकोले अस्तिको बैठक बस्ने सकेन् । त्यस्तै हिजो बस्ने भनिएको बैठकपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ भएपछि सरेको थियो । त्यस्तै, आज बस्ने भनिएको बैठकपनि प्रचण्ड चीन जाने कार्यक्रम भएकोले आजपनि नबस्ने भएको हो । बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड रारा जाने कार्यक्रम रहेकोले अब बैठक २ गतेमात्रै बस्ने भएको छ।