काठमाडौं, २९ चैत । चीनले नेपाल सरकारलाई बोआवो फोरमको लागि निमन्त्रणा नै नपठाएको खुलासा भएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली वा उनी नेतृत्वको सरकारका प्रतिनिधित्व भाग लिनको लागि किन गएन ? भनेर प्रश्न गरेका थिए ।
पत्रकार ऋषि धमलाले यसबारेमा आफूले प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग कुरा गर्दा चीनले आधिकारिक रुपमा प्रधानमन्त्रीस्तरीय निमन्त्रणा नै नपठाएको बताएको जानकारी दिए ।