Logo

विद्यार्थी आन्दोलनलाई ‘यूटर्न’ गर्नको लागि अखिलको अध्यक्षमा मेरो दाबिः उपाध्यक्ष बराल



धनराज वास्तविक: काठमाडौं, ७ बैशाख । राजनीतिक परिवर्तनसँगै समृद्धिको अभियानमा सरकार र समाज दुवै जोडिएको सत्य हो । आजका दिनसम्म समृद्धिको नारा बाहेक उल्लेख गर्न लायक एउटा पनि काम भएको छैन् यो अर्को धुव्र सत्य हो ।

समृद्धिको अभियानको तयारी र गृहकार्यको शूरुवात राम्रै भएको दावि सरकारले गरिहरको छ । जनताले धैर्य गर्ने बाटो पनि यहि एउटा आधार हो । हिजोका दिनहरुमा राजनीतिक दल र भातृसंगठनहरुले राजनीतिक स्थायित्वको लागि, अधिकारको लागि जोडबलले जीवनलाई धरापमा राखेर अनेकौ संघर्षको सामना गर्नुपर्यो र गरे ।

ठिक आजका मितिमा समयले कोल्टो फेरेको छ । कर्मचारी मन्त्री बन्न पुगेका छन् । मन्त्री बनेका नेताहरु कर्मचारी बन्न गएका छन् । परिवर्तनको आन्दोलन समृद्धिमा जोडिएको छ । हाम्रो नेपालमा समयको धेरै महत्व बुझ्ने बानि छैन् भन्दा अन्यथा हुँदैन । ०७४ असोज १७ मंगलबारको दिनमा नेपाली राजनीतिले नयाँ रुप लियो । त्यस दिन यता नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता हुने कुराले खुब चर्चा पायो । आजको दिनसम्म पनि उस्तै प्रभाव र चर्चा कायम छ ।

रहरै रहरमा एकताको नदिमा हाम फालेका यि दुई राजनीतिक दलहरुले आजका दिनसम्म पनि एकताको बारेमा आधिकारीक समय पत्ता लगाउन सकेका छैनन् । बैशाख ९ मा गरिने भनिएको पार्टी एकताको विषय फेरी अन्यौलमा परिणत भएको छ । यो त भयो पार्टी एकताको कुरा । पार्टी ए–कतामा परिणत नहोस् भन्ने कामनासँथै भातृ संगठनको बारेमा प्रवेश गरौं ।

गम्भिर गृहकार्यकाबीचमा एमाले निकट यूवा संघले नयाँ नेतृत्व पाएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समुहबीचको विवादका कारण यूवासंघमा ठूलो दरार थियो ।

अब विगत दुई महिना देखि नेतृत्व कालिन समयबाट विमुख बनेको एमाले निकट अनेरास्ववियुको नेतृत्वको बारेमा चर्को वहस शूरु भएको छ । दबाब पनि उत्तिकै रुपमा परेको छ । अखिल अध्यक्ष नविना लामा प्रतिनिधि सभा सदस्यमा मनोनय भईसकेपछि अखिलको नेतृत्वले नयाँ वहस पाएको हो ।

अखिल उपाध्यक्षहरु महेश वर्तौला, रश्मी आचार्य र सुनिता बरालसँगै महासचिव ऐन महरको अध्यक्षमा दावि रहेको समाचारहरु बाहिरिसँगै नयाँ वहस शूरु भएको हो । उल्लेखित नामहरु बाहेक अन्य विद्यार्थी नेताहरुले पनि उत्तिकै रुपमा अखिलको नेतृत्वको लागि दावि गरिरहेको हल्ला सुनिन्छ ।

अहिलको नयाँ नेतृत्वमा दावि गरिहरको मध्य अनेरास्ववियुको २२ औं महाधिवेशनबा सार्वधिक राम्रो मत ल्याएर विजयी अखिल उपाध्यक्ष हुन सुनिता बराल । प्रदेश नम्बर १ अन्तरगत झापा जिल्लाको गौरादह नगरपालिकामा बाबा खग्रेन्द्र बराल र आमा सारदा बरालको कोखबाट २०४५ सालमा जन्मेकी नेतृ बराल २०५९ साल देखि अनेरास्ववियुमा क्रियाशिल छन् ।

पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको ईन्चार्ज समेत बनेर काम गरिसकेकी बराल अखिलको वर्तमान कार्यसमितिकी उपाध्यक्ष हुन । उनै बराललाई हामीले पाँच प्रश्न सोधेका छौं :

तपाई अखिलको अध्यक्ष बन्ने आधार के हो ?

आधारहरु तमाम छन् । सबै भन्दा पहिले म पूर्णत संगठन प्रति र हाम्रो पार्टीले दिएको जिम्मेवारी प्रति कर्तव्यवान छु भन्ने मेरो दावि हो । मैले अखिल हुनुको अर्थ थाह पाएकी छु । अखिलमा आवद्ध भईरहदा मैले खेलेको भूमिका सबै विद्यार्थी साथीहरुलाई अवगत छ । मैले अखिलको नेतृत्वमा समाल्न पाएको खण्डमा अखिललाई ‘यूटर्न’मा बद्लेर देखाईदिन सक्छु । त्यो भनेको संगठन र संगठनमा आवद्ध विद्यार्थीको हक हितको लागि सर्मपित हुनु हो । हिजोका दिनमा संगठनले राजनीतिक परिवर्तनको लागि अनेक आन्दोलन गर्यो । अबका दिनमा संगठनले ‘यूटर्न’ हुनुको विकल्प छैन् ।

नेपालको राजनीतिक विचार अनि सबैभन्दा बलियो संगठन पनि अखिल नै हो । यसले लिने आकारसँग मलुकको भविष्य जोडिएको छ । अखिलको हिडाईसँग मुलुकको राष्ट्रिय जोडिएको छ । हिजोका दिनमा राजनीतिक आन्दोलन आवश्यक थियो भने अबका दिनमा अखिललाई संविधान कार्यन्वयन गर्नको लागि कर्तव्यवान संगठन बनाएर समृद्ध नेपाल निमार्णमा लगाउनु छ । त्यो जिम्मेवारी मैले लिन खोजेकी हुँ ।

अखिलको अध्यक्ष बन्न के कुरामा निपूर्णता चाहिन्छ ?

निपूर्णताको कुनै मानक त हुँदैन । जुन कुरा सत प्रतिशत सत्य होस् । त्यसलाई निपूर्णता भनिन्छ जुन कुरा सय प्रतिशत सत्य होस् । हामी जो जति पनि नेतृत्वका लागि आफूलाई दावि गरिरहेका छौँ । योग्य छौँ । मेरो कुरा गर्नु हुन्छ भने विचार र सांगठनिक संरचनालाई राम्ररी बुझेकी छु । प्राविधिक शिक्षाको क्षेत्रमा रहेर मैले थुप्रै काम गरेकी छु ।

हामीसँग भएका ९ वटा विश्वविद्यालयले उत्पादन गर्ने विद्यार्थीहरुको संख्या हजारौं छ । यति ठूलो शैक्षिक जनशक्तिको उचित सदुपयोग गर्नु मेरो जिम्मेवारी हुनेछ । विचार र काम गर्ने तत्परता भयो भने सबै कुरा सम्भव छ । गन्तव्य के हो ? भन्ने कुराको पहिले जानकार हुनुपर्छ । हाम्रो गन्तव्य समाजवाद हो । त्यसैले अखिललाई समाजवादको मुख्य अस्तुको रुपमा विकास गर्नुपर्छ भन्ने मेरो योजना छ । यसलाई कार्यन्वयन गर्नको लागि पनि मेरो अध्यक्षमा दावि हो । विद्यार्थीसाथीहरुले स्वीकार गर्ने नेतृत्वको सूचिमा म पर्छु ।

अखिलको अध्यक्षमा दावि गर्नुको मुख्य कारण के हो ?

कारण कुनै छैन् । संगठनलाई उचाईमा पुर्याउनु पर्छ । विद्यार्थी र समाजको हितको लागि निरन्तर लाग्नुपर्छ । म योग्य छु । सक्षम छु । नेतृत्व लिनको लागि कुनै कारण चाहिदैन ।

अखिलको अध्यक्ष बनेपछि तपाईले गर्ने पहिलो काम के हुनेछ ?

मेरो पहिलो काम संगठनलाई ‘यूटर्न’ गर्नु नै हो । पुरानो पाराले अखिल चल्दैन । अखिलको आवरणमा हुने नराम्रा कामहरुको अन्त्य गर्नुछ । अखिल बन्नको लागि आवश्यक व्यक्तिहरुबाट प्रशिक्षण गराउनु छ । अखिललाई आगामी दिनहरुमा पनि अहिलेको भन्दा अझ शक्तिशाली र भरपर्दो संगठन बनाउनु छ । शिक्षा सम्बन्धि ऐन नियमहरुलाई अक्षरस पालना गर्नको लागि ७७ वटै जिल्लामा अखिललाई परिचालन गर्नुछ । अखिललाई समृद्ध नेपालको महाअभियानमा जोड्नको लागि भूमिका खेल्नुछ । थुप्रै कामहरु छन् ।

अखिलको अध्यक्ष विद्यार्थीहरुले छान्ने वा एमाले पार्टीले ?

अखिलको नेतृत्व अखिलमा आवद्ध विद्यार्थीहरुले छान्ने हो यसमा दुईमत भएन । तर माउ पार्टीले भातृ संगठनको नेतृत्वमा सहजिकरण गर्न खोज्नुलाई अनर्थ रुपमा लिनु हुँदैन । जहाँसम्म पार्टीको निर्देशनमा नेतृत्व चयन नहोला । विद्यार्थीबीचमा नै नेतृत्व चयन होला । मेरो आशा यो हो । विद्यार्थीहरुले सहज रुपमा स्वीकार गर्ने र विवादरहित नेतृत्व चयन गर्ने कुरामा पार्टी नेतृत्वले ध्यान दिनुपर्छ ।

विद्यार्थीहरुले स्वीकार गर्ने नेतृत्व नै आजको आवश्यकता हो । नेतृत्वको लागि दावि गरिरहनु भएका जम्मै साथीहरु पुरुष हुनुहुन्छ । म एउटा नारी हुँ । उहाँहरुले पनि चुनाव जितेर आउनु भएको हो । म पनि खुल्ला उपाध्यक्षमा विजयी हासिल गरेर आएकी हुँ । कसैको भन्दा कम दावि मेरो छैन् । समान हैसियतमा आईसकेपछि सिनियर र जुनियरको कुरा आउँदैन । त्यो कुरा विद्यार्थीसाथीहरु र नेतृत्वलाई राम्रोसँग थाह छ ।

नोट – अखिल उपाध्यक्ष सुनिता बराललाई सोधिएका प्रश्नहरु अन्य नेतृत्वका दाबि गर्ने नेताहरुलाई पनि सोधेर अन्तरवार्ता प्रकाशित गर्नेछौँ । प्रतिक्षा र हाम्रो समाचार साईडालाई हेर्न नभुल्नु होला ।



प्रतिक्रिया दिनुहोस्

Screenshot