काठमाडौं, ९ बैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले राष्ट्रिय सभागृहमा एक्लाएक्लै वार्ता भेटवार्ता भएको छ ।
पार्टी स्थापना दिवशको अवसरमा आज एमाले र माओवादी केन्द्रले संयुक्त कार्यक्रम आयोजना गरेर दुई पार्टीबीचको एकताबारे विशेष सन्देश दिने कार्यक्रम छ । सोही कार्यत्रममा पुगेका अध्यक्षद्धय ओली र प्रचण्डबीच एक्लाएक्लै वार्ता सुरु भएको हो ।
प्रयोग भएको फ्लेक्सको विषयलाई लिएर उत्पन्न विवादका कारण १२ बजेका लागि तोकिएको कार्यक्रम अझैसम्म अबरूद्व छ ।
भेटवार्तामा ओली र प्रचण्डबीच एकता सम्मानजनक रुपमा सम्पन्न गर्नेबारे सहमति खोजिने भएको छ । प्रचण्डले महाधिवेशनपछि अध्यक्ष र ५० ५० को अनुपातमा एकता हुनुपर्ने अडान लिएका छन् ।