Logo

‘कम्युनिष्ट आन्दोलन अवसरवादमा रुपान्तरित’ : वैद्य



नेपालगञ्ज, १६ वैशाख (रासस) : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सशस्त्र जनयुद्ध र दोस्रो जनआन्दोलनले आंशिक राजनीति परिवर्तन मात्र भएको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार महासंघद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको कम्युनिष्ट आन्दोलन अहिले अवसरवादमा रुपान्तरित भएको छ, संसदीय व्यवस्थासँग सम्झौता भएको छ ।”

सच्चा कम्युनिष्टहरुले संसदीय व्यवस्थालाई उपयोग गर्ने हो, स्वीकार गर्ने होइन भन्दै महासचिव वैद्यले अहिले आफूलाई वाम र कम्युनिष्ट भन्नेहरुले नेपाली काँग्रेसकै संसदीय व्यवस्था मानेको विचार व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्