Logo

नवलपुरको दुम्कीवासमा बस दुर्घटना, ३२ घाइते



जेठ १०, काठमाण्डौ । नवलपुरमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस बिहीबार बिहान दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ ।

घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot