Logo

सासंद ताराका श्रीमान् मन्सुर बुहारी करणी गरेको आरोपमा पक्राउ



जेठ ११, काठमाण्डौ । सांसद् तथा महिला अयोगकी पूर्व अध्यक्ष शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् ।

कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरले नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । शेष ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार थिए ।

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई बिहीबार पक्राउ गरिएको हो ।

झड्केलो छोराकै बुहारीलाई उनले मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका थिए । बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् । त्यसदिनदेखि नै मन्सुरबाबुलाई प्रहरीले खोजी गरिरहेको थियो ।

पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

मन्सुरबाबुविरुद्धकोे मुद्दा फिर्ता लिन तात्कालीन प्रहरी उपरीक्षक डा. गणेश रेग्मीको पालामा मन्सुरबाबुकी कान्छी श्रीमती सकिलादेवी पटेल (सकिना खातुन) ले सम्धीले जबर्जस्ती करणी गर्न खोजेको भनी झूटो मुद्दा दर्ता गराएकी थिइन् । मुद्दाको रहस्य खुलेपछि प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी १७ दिन हिरासतमा राखेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot