Logo

टिप्परको ठक्करबाट घाइते भएकि केसीलाई हेलिकप्टर चाटर गरेर काठमाडौं लगियो



शरद रेग्मीः दाङ, ११ जेष्ठ । शुक्रबार बिहानै टिप्परले स्कुटीलाई ठक्कर दिदा दाङको तुलसीपुरमा एक महिला गम्भीर घाईते भएकि छन् । घाइते हुनेमा स्कुटी चालक तुलसीपुर ३ दमारगाउ निवासि टिना केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्त गतिमा चलेको टिप्पर चालकले लापरबाही गरेर दुर्घटना गरायको स्थानीय प्रत्यक्ष दर्शिले जनाएका छन ।

एयर फोन लगाएर गित सङगितमा मस्त चालककने लापरबाहीका कारण दुर्घटना गराएको समेत स्थानीय बासिले जनाएका छन । उनको बिहान राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामन्य उपचार पछि नेपाली शेनाको हेलिकप्टर बाट काठमाडौ लगिएको छ ।

तुलसिपुर उधोग बाणिज्य सङघका पुर्व अध्यक्ष बिमल रिजाल, युवा ब्यबसायि बिनिल केसि लगायतको सक्रियतामा तत्कालका लागि तीन लाख ७५ हजार मा हेलिकप्टर चाटर् गरेर गम्भीर घाइते केसीलाई थप उपचारका लागि काठमाडौं पठाईएको हो ।

ठक्करबाट केसिको हात, खुट्टा र कम्मरमा गहिरो चोेट लागेको छ ।उनलाई काठमाडौंको मेडिसिटि अस्पतालमा थप उपचारका लागि लगिएको पारिवारिक श्रोतले जनाएको छ ।

तुलसीपुरको क लाईनमा रहेको जेसिज चौकमा रा १ क ५८३ नम्बरको टिप्परले रा ३ प २५३३ नम्बरको स्कुटीलाई शुक्रबार विहान करिव ७ बजे ठक्कर दिएको डिएसपी प्रकाश सापकोटाले बताए । टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएपी सापकोटाले बताए ।

यसैबिच तुलसिपुर बासिहरुले ठुला सवारीसाधनहरुलाइ बजारको मुख्य भागहरुमा चल्न रोक लगाउनु पर्ने बताएका छन । उनिहरुले ओभर स्पिडमा चल्ने टिप्पर, बस, ट्रक बैकल्पिक बाटोबाट चलाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको तुलसिपुरका ब्यबसायि देवबहादुर केसिले जानकारी दिनुभएको छ ।

तस्बिर-शरद रेग्मी



प्रतिक्रिया दिनुहोस्

Screenshot