Logo

अब सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : यादव



काठमाडौं, १२ जेठ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले वर्तमान सरकारको सय दिनमा दुई पार्टीबीचको एकता र केही सुशासन दिलाउनेबाहेक अन्य कुरामा सपना बाँड्ने मात्रै काम भएको बताएका छन् ।

वर्तमान सरकारले नारा धेरै लगाएको तर काम थोरै गरेकोपनि उनको आरोप थियो । उनले अहिलेको सरकार सर्वसक्तिमान रहेको बताउँदै भने,‘भारतमा, चीनमा र नेपाल सबैमा शक्तिशाली र स्थिर सरकार छ, अब सुशासन र विकास नगरे कहिले गर्ने ?’

आफूहरुले संविधान संशोधन लगायतका मधेश आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्नको लागि वर्तमान सरकारलाई समर्थन गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाई र सम्बोधन नभएको उनले आरोप लगाए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले थपे,‘हाम्रो काम नै नगरेपछि हामी अब समर्थनबारे पूर्नविचार गर्छौं।’ यादवले सरकारलाई दिएको समर्थन आफूहरुले फिर्ता लिन सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्