Logo

मन्त्रीको सिटमा सांसद बसेपछि संसदमा हंगामा



काठमाडौँ, १३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार सर्वसम्मतिले पारित भएको छ। सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नआएकाले सर्वसम्मतिले पारित भएको हो।

आजको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा नयाँ हंगामा भएको थियो । प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेको बेला मन्त्री बस्ने सिटमा सांसदहरु बसिदिएपछि मन्त्रीको सांसदको सिटमा बस्नुपरेको थियो ।

मन्त्री बस्ने ठाउँमा सांसदहरु राजेन्द्र गौतम, सुजिता शाक्य, लिलानाथ श्रेष्ठ र गंगा चौधरी बसेको दृश्य देख्न सकिन्थ्यो । उद्योगमन्त्री मातृका यादव सांसदहरुको पछाडि बस्नुपरेको थियो ।



प्रतिक्रिया दिनुहोस्