Logo

स्वास्थ्यमन्त्री उपेन्द्रले राज्यमन्त्री अर्याललाई ‘पेन्डुलम’ बनाए



काठमाडौं, २५ जेठ । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नै मन्त्रालयका राज्यमन्त्री पद्यमा अर्याललाई अधिकार नदिएर ‘पेन्डुलम’ बनाएका छन् ।

नेकपासँग दुई बुँदे सहमति गर्दै संघीइ समाजवादी फोरम नेपाल दुई मन्त्रालयसहित सरकारमा सहभागी भएको दुई सातापनि वितेको छैन । तर, अहिलेदेखि नै मन्त्री यादव र राज्यमन्त्री अर्यालबीच खटपट सुरु भएको छ ।

स्रोतका अनुसार मन्त्री यादवले राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन नगरेकोले मन्त्री अर्यालले आफू निकट केही पत्रकारलाई प्रयोग गरेर राज्यमन्त्रीलाई कहिले अधिकार प्रत्यायोजन गर्नुहुन्छ भनेर मन्त्री यादवलाई सोध्न लगाएकी छिन् ।

यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै राज्यमन्त्री अर्याल भने यतिवेला कामविहिन भएर बसेकी छिन् । स्रोतका अनुसार यादवले आफ्नो पार्टीको भागमा उक्त मन्त्रालय परेकोले राज्यमन्त्रीपनि आफ्नै पार्टीको मान्छे ल्याउने तयारी थालेका छन् ।

मन्त्री अर्याल यतिवेला झण्डामात्रै हल्लाएर बस्नुपरेपछि अब के गर्ने भन्नेबारे अन्यौलामा छिन् । उनी यतिवेला भूमिकाविहीन भएकोमा असन्तुष्ट छिन् ।



प्रतिक्रिया दिनुहोस्