Logo

मोदी भ्रमणका बेला भएको खर्चबारे मुख्यमन्त्रीले पारदर्शिता देखाउन सकेनन् : मण्डल



जेठ २७, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको खर्चको विषयले दुई नम्बर प्रदेशमा विवाद देखिएको छ ।

मुख्यमन्त्री र अन्य मन्त्रीहरुले खर्चको विषयमा स्पष्ट पार्न नसक्दा विवाद भएको राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मण्डलले खर्च विवरण स्पष्ट पार्न नसक्दा प्रदेश दुईको संसद नै अवरोध भएको बताए ।

“खर्चको विवरण पेश भएपछि पारदर्शिता हुनुपर्यो । कहाँबाट रकम आउने र कुन शीर्षकमा कति रकम खर्च भएको छ भन्ने कुराको पारदर्शिता हुनुपर्छ ।” मण्डलले भने ।

मुख्यमन्त्री र अन्य खर्चसँग जोडिएका सम्बन्धित मन्त्रीहरुले खर्चको विषयमा भएको विवाद समाधान गर्नुपर्ने मण्डलको तर्क छ ।

मुख्यमन्त्री र मन्त्रीहरुले संसदलाई विश्वासन लिनुपर्ने मण्डलले बताए । “मुख्यमन्त्रीले संसदलाई विश्वासमा लिनुपर्छ । आश्वस्त पार्न सक्नुपर्छ । त्यसका लागि प्रयास भइरहेको होला ।”

प्रदेश नम्बर दुईको सरकारलाई नेकपाले दिएको समर्थन फिर्ता लिइसकेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot