Logo

प्रचण्डले भनेर हुँदैन, सभामुख र उपसभामुखमध्ये एक छोड्छौं : ज्ञवाली



काठमाडौं, २८ जेठ । नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जे भन्यो त्यही नहुने जिकिर गरेका छन् ।

सोमबार साँझ प्राईम टाईम्स् टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले यस्तो दाबी गरेका हुन् । उनले भने,”कसैले जे भन्यो, त्यही हाम्रो पार्टीमा हुँदैन।”

प्रचण्डले त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा गर्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले यस्तो जिकिर गरेका हुन् ।

त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा एजेण्डा लिएर जानुपर्ने समेत स्पष्ट पारे । भ्रमणलाई उपलब्धिमूलक बनाउनेगरि जानुपर्ने उनको भनाई छ ।

संविधानको व्यवस्था अनुसार नै आफूहरु अघि बढ्ने बताउँदै उनले सभामुख र उपसभामुखमध्ये एक छोड्न तयार रहेको पनि ज्ञवालीले जनाए ।



प्रतिक्रिया दिनुहोस्