Logo

आर्यघाटमा यसरी अस्ताए डा. देवकोटा, छोरीहरुले दिए दागबत्ति (फोटोफिचर)



काठमाडौँ, ५ असार । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको आज राजकीय सम्मानका साथ पशुपतिमा दाह संस्कार गरिएको छ ।

डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ति दिएका थिए । डा. देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको छ । सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम विदाई गरेको थियो ।

सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो । लामो समय चिकित्सा क्षेत्रमा बिताएका डा.देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए । लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको थियो । डा. देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा. देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्