Logo

चिनियाँ राष्ट्रपतिको खुलासा : मोदीसँग भेट्दा नेपालबारे कुरा हुन्छ



विशेष प्रतिनिधि ऋषि धमला : बेईजिङ, ६असार । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । भ्रमणको दोस्रो दिन आज बुधबार ओली र सिबीच ग्रेट हल अफ पिपुलमा भेटवार्ता भएको हो ।

दुई नेताहरुबीच अत्यन्तै राम्रो कुराकानी भएको थियो । ओलीलाई चीनीयाँ पक्षबाट भव्य रुपमा स्वागत भयो । राष्ट्रपति सि र ओलीबीच करिब २० मिनेट एक्लाएक्लै कुराकानी समेत भएको थियो । नेपालमा चुनाव सम्पन्न भएपछि तीनै तहको सरकार बनाएर चीन भ्रमणमा आउनुभयो भन्दै सिले ओलीसामू खुशी प्रकट गरेका थिए ।

सिले भनेका थिए,‘तपाईलाई बेईजीङमा पाउँदा म अत्यन्तै खुशी छु, नेपालको विकास र समृद्धिमा जस्तोसुकै सहयोग गर्नपनि म तयार छु।’
सिले ओलीलाई एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको कुरामा पनि खुशी व्यक्त गरे । उनले तपाईजस्तो नेताहरुकै कारण नेपालमा चीन विरोधी गतिविधि रोकिएकोमा अझ धेरै प्रशन्नता प्रकट गरे । उनले भनेका थिए,‘एक चीन नीतिप्रति निरन्तर नेपालले खेलेको भूमिकाको म प्रशंसा गर्छु, म औधी खुशी छु ।’

नेपालको विकास र समृद्धिबारे ओलीको रोडम्यापमा आफ्नो सहयोग र समर्थन निरन्तर रहने विश्वासपनि सिले व्यक्त गरेका थिए । दुई नेताहरुबीच भएको वान टु वान भेटवार्तामा ढिलोमा साँढे ६ वर्षभित्रै चीनीयाँ रेल काठमाडौं पुर्याउनेपनि समझदारी बनेको छ । आज भएको समझदारी अनुसार आगामी अगष्टभित्र रेलबारे सम्भाव्यता अध्ययन सम्पन्न गर्ने र एक वर्षभित्र डिपीआर निर्माण गर्ने सहमति बनेको छ । आगामी साँढे ६ वर्षभित्रै बेईजीङ–केरुङ–काठमाडौं रेल पुर्याउने समझदारी बनेको छ ।

त्यस्तै विद्युत प्रशारण लाईन लगायत नेपालको विकास र समृद्धिमा चीनको साझा दृष्टिकोण रहनेपनि चीनीयाँ राष्ट्रपतिले ओलीलाई विश्वास दिलाए । आज दुई नेताहरुबीच राजनीतिक रुपमा पनि खुलेर कुराकानी भएको छ। ऋहिले नेपालमा नेकपाको एकलौटी सरकार बनेको अवस्था छ । नेपालले दुरदर्शी नेतृत्व पाएको भन्दै चीनीयाँ पक्षले खुलेर शुभकामना प्रकट गरे । त्यस्तै राष्ट्रपति सिले नेपालमा कम्युनिष्ट पार्टीहरु एक भएकोमा पनि खुशी व्यक्त गरे ।

रोचक त के भने ओलीसँगको भेटवार्तामा सिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूबीच पनि नेपालबारे कुराकानी भएको सुनाए । सिले मोदीसँगको छलफल तथा भेटवार्तामा नेपालको विकासबारे चर्चा तथा चिन्ता गर्ने गरेको कुरा ओलीलाई सुनाउन भ्याए । यो सुनेपछि ओलीपनि खुशी भएका थिए ।

चीनले नेपालका पूर्वाधार, रेलवे, उर्जा, र कृषि लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्ने भन्दै लगानीका क्षेत्रहरु समेत पहिल्याएको छ । हिमाली र पहाडी क्षेत्रमा उत्पादन हुने जडिबुटीदेखि कृषिजन्य सामाग्रीहरु चीन निर्यात गर्ने पनि यो भ्रमणले समझदारी कायम गरेको छ।
त्यस्तै चीनको लगानीमा नेपालमा विभिन्न पाँचतारे होटलहरु निर्माण गर्ने पनि चीन सरकारको प्रतिबद्धता छ ।

चीनले यो सँगै कनेक्टिभिटीमापनि विशेष जोड दिएको छ । सडक सञ्जालदेखि हवाई उडानपनि थप गर्ने उसको प्रतिबद्धता छ। विगतमा भएका सबैखाले सन्धि तथा सम्झौताहरुको द्रुततर कार्यान्वयनको साथै आगामी दिनमापनि नेपालको विकास र समृद्धिमा द्धिपक्षीय सहकार्यबारे यो भ्रमणले मार्गदर्शन गरेको छ ।

सम्बन्धित समाचारहरु :

ओली-जिनपिङ हयाण्डसेकपछि आईसब्रेक, परराष्ट्रमन्त्री उत्साहित

चीनीयाँ राष्ट्रपतिले भने : नेपाल भ्रमण गर्न आँतुर छु

प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?

चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?

चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा

नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली

मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)

प्रधानमन्त्रीको भ्रमण दलका महत्वपूर्ण सदस्य रहेका परराष्ट्र प्रदिप ज्ञवालीले आजको भेटवार्ताबाट आफूहरु निकै उत्साहित रहेको प्रतिक्रिया दिए । उनले चीनको बेईजिङमा प्रधानमन्त्री बसेको होटल परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

मन्त्री ज्ञवालीले चीनीयाँ राष्ट्रपतिसँग सबै कुरामा खुलेर कुराकानी भएको जनाए । उनले भनेका छन्,‘प्रधानमन्त्रीको भ्रमण माईलस्टोन भएको छ, हामीबीच करिब १ घण्टा प्रतिनिधिमण्डलसहितको संयुक्त भेटवार्ता भयो, यसमा पनि खुलेरै कुराकानीहरु भएका छन्।’

पारवाहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षरपनि चाँडै हुने उनले विश्वास दिलाए । उनले भने,‘यसपालि नै यस सम्झौताबारे प्रोटोकलमा हस्ताक्षर हुन्थ्यो, तर केही प्राविधिक केही समस्या भएर केही पर सरेको हो, तर चाँडै हुन्छ।’

ओली–सि समानता

राजनीतिक रुपमा पनि अहिले सि र ओलीबीच केही संयोगवशका समानताहरु भ्ेटिन्छन् । जस्तो चीनमा अहिले सिलाई असमिति अधिकार प्राप्त भएको छ । यता नेपालमा पनि कम्युनिष्ट पार्टीले सम्पूर्ण अधिकार प्राप्त भएको छ । विकास र समृद्धिको लागि दुवैले मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न र नेपालको विकासमा साझेदार बन्न आफु तयार रहेको बताएका थिए । त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई पुनः आगामी पाँच वर्षको लागि निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका थिए ।

उनले नेपालले नयाँ संविधान पाएको र निर्वाचनमार्फत नयाँ समाजिक व्यवस्था अवलम्बन गरेर स्थायित्वतिर अघि बढेकोमा समेत खुशी प्रकट गरे । राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन आएका हुन् ।

प्रधानमन्त्री ओली आज बुधबार बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा व्यस्त छन् । आजै ओलीले नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गरेका थिए । त्यस्तै उनी दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागी भएका थिए ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्