Logo

चीन भ्रमण सफल र ऐतिहाँसिक भयो, म खुशी छु : प्रधानमन्त्री ओली



बेईजीङ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी चीन भ्रमणकै क्रममा आफ्नो भ्रमण सफल र ऐतिहाँसिक भएको विश्वास दिलाएका छन् ।

बेईजीङमा रहेका पत्रकार ऋषि धमलासँग आज विहान संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले भने,“यो भ्रमणबाट म खुशी छु, अवश्य पनि यो भ्रमण ऐतिहाँसिक र सफल बनेको छ।”

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच हिजो (बुधबार) बेइजिङमा एक्लाएक्लै र प्रतिनिधिमण्डलसहितकको संयुक्त वार्ता भएको छ ।

बुधबार भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दूरगामी आधारहरू खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म र्पुयाउने परिकल्पनाले अब कार्यरूप पाउने भएको छ ।

त्यस्तै उर्जामन्त्री वर्षमान पुनले पनि भ्रमण ऐतिहाँसिक र सफल भएको दाबी पत्रकार ऋषि धमलासँगको कुराकानीमा बताए ।

सम्बन्धित समाचारहरु :

प्रधानमन्त्री ओलीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा

ओली-जिनपिङ हयाण्डसेकपछि आईसब्रेक, परराष्ट्रमन्त्री उत्साहित

चीनीयाँ राष्ट्रपतिले भने : नेपाल भ्रमण गर्न आँतुर छु

प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?

चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?

चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा

नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली

मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)

चीन भ्रमणको क्रममा विभिन्न ९ सम्झौताहरु समेत भएका छन् ।

१. माथिल्लो मस्र्याङ्दी–२ आयोजना (६००) मेगावाट निर्माण
२. कालीगण्डकी गर्ज आयोजना (१६४) मेगावाट निर्माण
३. त्रिशूली–गल्छी आयोजना (७५) मेगावाट निर्माण
४. सिउरी न्यादी जलविद्युत् आयोजना (४०.२७) मेगावाट निर्माण
५. दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना
६. फलफूल प्रशोधन उद्योग स्थापना
७. नेपाली पस्मिना खरिद
८. पूर्वी तराईको सिँचाइ प्रणाली व्यवस्थित गर्न सहयोग
९. रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण



प्रतिक्रिया दिनुहोस्