काठमाडौं, ८ असार । ६ दिन राजकीय भ्रमणको लागि चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट नेपालमा तेल ल्याउनेबारे सहमति गर्न सकेनन् ।
त्यसको लागि यसअघि नै चीनसँग भएको पारवहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुनुपर्ने थियो । नेपाल सरकारले तयारीमा ध्यान नदिँदा ओलीले महत्वपूर्ण अवसर खेर फाले । रेल सम्झौता चर्चामा रहेपनि तेल सम्बन्धी सम्झौता भने अहिले गायब भएको छ ।
नाकाबन्दी ताका भारतीय एकाधिकार तोड्न भन्दै चीनबाट तेल ल्याउने उद्धघोष गरेका थिए । यसपटकको चीन भ्रमणमा ओलीले तेल ल्याउनेबारेपनि महत्व्पूर्ण सम्झौता गर्न सक्ने अनुमान गरिएको थियो । तर, ओलीले नेपाली जनतालाई निराश तुल्याए ।
सम्बन्धित समाचारहरु :
नेपाल–चीन संयुक्त वक्तव्य के छ ? हेर्नुहोस विस्तृतमा
‘प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक’
चीनसँग १० बुँदे सम्झौता, विद्युतीय रेल काठमाडौं आउने
चीन भ्रमण सफल र ऐतिहाँसिक भयो, म खुशी छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा
ओली-जिनपिङ हयाण्डसेकपछि आईसब्रेक, परराष्ट्रमन्त्री उत्साहित
चीनीयाँ राष्ट्रपतिले भने : नेपाल भ्रमण गर्न आँतुर छु
प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?
चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?
चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा
नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली
मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)
पहिलो प्रधानमन्त्री कार्यकालमा ओलीले तत्कालिन परराष्ट्रमन्त्री कमल थापालाई समेत विशेष दुतको रुपमा चीन पठाएका थिए । सोही अनुसार केही ट्यांकर तेल नेपाल पनि आएका थिए । त्यतिबेलापनि चीन उक्त सम्झौताबारे दिर्घकालिन सोचमा थियो । पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर होस् भन्ने चीनको चाहना थियो । तर, नेपाल पक्षले गम्भिरता देखाएनन् । सोही कारण उक्त महत्वपूर्ण सम्झौता गर्न यसपटकपनि नेपाल चुकेको छ ।