Logo

कर्मचारी र जनप्रतिनिधी एकजुट भएर बजेट कार्यान्वयन गर्नुपर्छ : थपलिया



असार ११, काठमाण्डौ । आर्थिक वर्ष २०७५–७६ का लागि स्थानीय तहहरुले धमाधम बजेट सार्वजनिक गरेका छन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरहरुले बजेट सार्वजनिक गरेका हुन् ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयअन्तरगत संघीइ मामलातर्फका सचिव दिनेश थपलियाले वजेट र कार्यक्रमले स्थानीय तहको आवश्यकतालाई सम्बोधन गरेको बताएका छन् ।

सम्बन्धित समाचार :

काठमाण्डौ महानगरको बजेट १३ अर्ब, मोनोरेलदेखि इ–ट्वाइलेट बनाउने दाबी

धमाधम बजेट सार्वजनिक गर्दै नगरपालिकाहरु, केके छन् कार्यक्रमहरु

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै थपलियाले सत्तापक्षले बजेट प्रस्तुत गर्ने र प्रतिपक्षले आलोचना गर्ने परम्परा भएकाले बजेटप्रति केही असन्तुष्टी सुनिए पनि समग्रमा बजेट राम्रो भएको दाबी गरे ।

केही स्थानीय तहको बजेट भने स्रोतभन्दा बढि भएकाले घाटाको बजेट हुन सक्ने थपलियाले बताए । बजेट कार्यान्वयन गर्नका लागि स्थानीय तहलाई प्रवर्दन गर्ने हो भने नतिजा राम्रो आउने उनको तर्क छ ।

अहिले पनि स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन नसकेकाले बजेट कार्यान्वयनमा पनि समस्या आउन सक्ने थपलियाले बताए ।

कर्मचारी र जनप्रतिनिधी एकजुट भएर बजेट कार्यान्वयन गर्नुपर्ने सुझाब उनले दिएका छन् । कुनै पनि गाउँपालिका वा नगरपालिका प्रमुखले मात्रै काम गरेर नहुने भन्दै थपलियाले निकाय प्रमुखको भिजनलाई सबै मिलेर लागु गर्नुपर्ने बताए ।

काम गर्नका लागि जनताले पनि उपयुक्त वातावरण सृजना गर्नेतर्फ ध्यान दिनुपर्ने थपलियाको तर्क छ ।

एउटै बजेटले सबै कायापलट नहुने भन्दै थपलियाले विकास विस्तारै हुने बताए ।



प्रतिक्रिया दिनुहोस्