Logo

नेकपा स्थायी समिति बैठक सकियो, सरकारको कामप्रति असन्तुष्टी



असार २१, काठमाण्डौ । आज बसेको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सकिएको छ । बैठकले पार्टीको विधान र नियमावलीलाई अन्तिम रुप दिने निर्णय गरेको छ ।

भर्खरै सकिएको बैठकबारे जानकारी दिदै केशब बडालले विधान र नियमावलीलाई अन्तिम रुप दिने विषयमा सचिवालय बैठकले केही दिनभित्र नै अर्को निर्णय गर्ने बताए ।

बैठकमा केही सदस्यहरुले सरकारको काम प्रभावकारी नभएको भन्दै असन्तुष्टी व्यक्त गरेको बडालले बताए ।

यसअघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण भइरहेको बताएको ब्रिफिङ गरेका थिए । पार्टीकै नेताहरुले समेत नबुझेर बोलेको भन्दै उनले एकतावद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका थिए ।

ओलीले स्थायी समिति सदस्यहरुमाझ सरकारले सकारात्मक रुपमै काम गरिरहेको दाबी गरेका थिए ।

एकता र दृढता पार्टी नेताहरुमा नदेखिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

केन्द्रसँग प्रदेश र स्थायी सरकारको कामकारबाहीबारे समीक्षा गर्न छिट्टै स्थायी कमिटीको अर्को बैठक बोलाइने बडालले जनाए ।

बैठकमा पार्टीको विधान र नियमावलीबारे नेताहरुले सुझाव दिएका छन् र त्यसलाई समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्