Logo

योगमायालाई राष्ट्रिय विभूति बनाउन पहल गर्ने प्रचण्डको घोषणा



काठमाडौं, २२ असार । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राणा कालको कठोर समयमा पनि समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिएका योगमायालाई राष्ट्रिय विभूति बनाउन आफूले सक्दो पहल गर्ने घोषणा गरेका छन् ।

योगमाया सामाजिक आन्दोलन अभियानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो घोषणा गरेका हुन् । उनले योगमाया जस्ता वीर वीरंगनाहरुको योगदानबाट पाठ सिकेर अघि बढ्दै जाने प्रतिवद्धता पनि व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एशियामै अगाडि रहेको दावी गरे ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, महिला नेतृहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, डा. डिला संग्रौलाले नेपालको सामाजिक र राजनीतिक जागरणको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot