Logo

प्रदेश प्रमुखहरुको नियुक्ति यथावत, मूल्याङ्कपछि निर्णय : कानुनमन्त्री तामाङ



२२ असार, काठमाण्डौ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले प्रदेशप्रमुख हटाउने निर्णय मन्त्रिपरिषदले नगरेको बताएका छन् ।

संसद भवन नया बानेश्वरमा शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दे मन्त्री तामाङले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारको कार्यकालमा २०७४ भदौयता भएका राजनीतिक नियुक्ति बदर गर्ने सरकारको निर्णयका आधारमा प्रदेश प्रमुख नहट्ने बताएका हुन् ।

प्रदेश प्रमुखको कार्यमुल्याङ्नका आधारमा सरकारले उपयुक्त निर्णय लिने तामाङको भनाई थियो । प्रदेश प्रमुखहरूको नियुक्ति पनि राजनीतिक नियुक्ति नै भएको भन्दै निश्चित समयभित्र प्रक्रिया पु¥याएर आवश्यक निर्णय गर्ने मन्त्री तामाङले बताए ।

माघ पहिलो साता यसअघिको सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेको थियो । मन्त्री तामाङले डाक्टर गोविन्द केसीको उपचारमा सरकारले कुनै कमी हुन नदिने भन्दै गम्भीर अवस्थामा काठमाडौ ल्याएर भएपनि उपचार गरिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्