काठमाडौं, २३ असार । भारतीय कंग्रेस–आईका अध्यक्ष राहुल गान्धी यही साउनमा काठमाडौं आउने लगभग पक्का भएको छ । भारतीय उच्च स्रोतका अनुसार अध्यक्ष गान्धीले नेपाल भ्रमण गर्नेबारे आवश्यक तयारी समेत पूरा गरिसकेका छन् ।
नेपालमा उनी साउनमा शिवको विशेष पूजाआजा हुने भएकोले जुनसुकै दिन पारेर आउन सक्ने स्रोतको दाबी छ । पशुपतिनाथ मन्दिरको दर्शन गर्न गान्धी नेपाल आउन लागेका हुन् ।
भ्रमणको दौरान उनले नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने समेत मनशाय बनाएका छन् । नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा राहुत धेरै अघिदेखि सचेत छन् ।