काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूराना तथा पार्टी छोडेर गएकादेखि लिएर असन्तुष्ट नेताहरुलाई एक ठाउँमा राखेर भोलि गोप्य भेलाको आयोजना गरिएको खुलासा भएको छ ।
स्रोतका अनुसार नेता डा. नारायण खड्काको संयोजकत्व र पहलकदमीमा भोलि लैनचौरस्थित् लैनचौर ब्यांकेटमा गोप्य भेलाको आयोजना गरिएको छ । विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म चल्ने उक्त भेलमा पार्टीलाई एक ढिक्का बनाउनेबारे पर्याप्त छलफल तथा विचारविमर्श हुने बुझिएको छ।
सम्बन्धित समाचार :
देउवा सरकारका नियुक्ति खारेपछि नयाँका लागि दौडधूप
प्रधानमन्त्री ओली भारत र चीनसँग लम्पसार परेको देउवाको आरोप
देउवाले नियुक्ति गरेका दुई दर्जन व्यक्तिको पद गयो, हेर्नुहोस कोको परे धरापमा
देउवा र पौडेलको मन मिलिसक्यो, अबको कार्यदिशा तय गरेका छौँ : प्रवक्ता शर्मा
EXCLUSIVE :देउवा र पौडेलबीच ऐतिहासिक मिलन, यस्तो भयो सहमति
महाधिवेशनलाई लक्षित गरी देउवा–पौडेल नजिकिदै, सिटौला, सिंह र केसीको अर्कै गुट
भेलामा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको पनि उपस्थिति रहनेछ । स्रोतका अनुसार पार्टी छोडेर गएका नेताहरुदेखि लिएर पूराना कांग्रेसी पाका नेताहरुलाई पनि भोलिको भेलामा आमन्त्रण गरिएको छ ।
पूराना पाका नेताहरुलाई एकै ठाउँमा ल्याउनेगरि भेला हुने भएकोले उक्त भेलालाई विशेष महत्वका साथ हेरिएको छ । पूराना नेताहरु जो अहिले पार्टीसँग असन्तुष्ट रहेर बाहिर रहेका छन्, तिनीहरुलाई पनि पार्टीमा फर्काउने भेलाको मुख्य रणनीति रहेको ।
सरकार अधिनायकवादी शैलीमा अघि बढिरहेको आरोप कांग्रेस नेताहरुले लगाउँदै आएको बेला हुन लागेको उक्त भेलाले के निश्कर्ष निकाल्छ त्यो भने हेर्न बाँकी नै छ । तर, पूराना नेताहरु गोविन्दराज जोशी, कुल बहादुर गुरु, हरिबोल भट्टराई लगायतका पाका नेताहरुलाई यसरी समेट्न खोज्नु खुशीको कुरा रहेको एक जना कांग्रेस केन्द्रिय सदस्यले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।