Logo

मोदीको निमन्त्रणामा प्रचण्ड एक्कासी भारत जाँदै, यस्तो छ कारण



काठमाडौं, २८ असार । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिट्टै भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा अध्यक्ष प्रचण्ड साउन दोस्रो साता भारतको नयाँ दिल्ली जाने कार्यक्रम बनेको उनी निकट उच्च स्रोतको दाबी छ ।

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि प्रचण्डलाई भारत भ्रमणको निम्तो आएको थियो । हुन त उनलाई चीनबाट पनि भ्रमणको निम्तो आएको थियो । प्रचण्डले पहिले भारत जाने र उताबाट फर्किएलगत्तै चीन जाने भएका छन् ।

भारत भ्रमणको क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका प्रमुख पार्टीका अध्यक्षहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्