Logo

गोविन्द केसी अभियानद्धारा ओलीलाई मार्सी चामल उपहार ! (तस्बिरहरू)



काठमाडौं, २८ असार । जुम्लामा १३ दिनदेखि आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीले राखेका चिकित्सा सुधारका माग पूरा गर्न दबाब दिन “सोलिडारीटी फर प्रोफेसर गोविन्द केसी” अभियानले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिक सडकमा नाराबाजी गरेका छन्।

उनीहरूले ‘ओली सरकारको मिसन सिटामोलमा कमिसन, दुई तिहाइ पायो भन्दैमा जनता मार्न पाइँदैन, माफियामुखी सरकार चाहिएन, कान खोली सुन ओली र प्रचण्ड तिम्रो मार्सी भोजनले समाजवाद आउँदैन, ओली सरकारको घडीमा माफियाको ब्याट्री, मार्सी धानको भान्सामा ऐन साट्न पाइँदैन, नेकपाको सत्ता चिकित्सा ऐन बेपत्ता, डा केसी एक्ला छैनौं हामी तिम्रो साथ छौं भन्ने नारा लगाएका छन्।

उनीहरूले जनताका पक्षमा हुने गरी चिकित्सा शिक्षा अध्यादेश ल्याउन प्रधानमन्त्रीलाई आग्रह गर्दै नाराबाजी गरेका हुन्। जनताको पक्षमा हुने गरी चिकित्सा विधेयक ल्याए प्रधानमन्त्रीले खान चाहेको जति मार्सी चामल उपलब्ध गराइने उनीहरूले बताए।

साथै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु गर्न उनीहरूले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। चिकित्सकहरू र डाक्टर केसीका समर्थकले नाराबाजी गरेका हुन्।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्