Logo

वामदेवलाई हराउने कांग्रेस नेता गौतमलाई झलनाथद्धारा सम्मान



काठमाडौँ, ३० असार । सधैँजसो राजनीतिक गतिविधिमा व्यस्त रहने पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज फरक भूमिकामा देखिएका छन्।

विभिन्न मुलुकका कुटनीतिज्ञका साथै राजनीतिक नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटलाई थाती राखेर नेता खनालले जैन धर्मका महावीर स्वामीका जीवनदर्शनसम्बन्धि धार्मिक प्रवचनलाई सुक्ष्मरुपमा ग्रहण गर्दै कमलपोखरीस्थित नेपाल जैन परिषद्मा प्रमुख वक्ताका रुपमा सहभागी भए।

नेपाल जैन परिषद्ले आयोजना गरेको उक्त सभामा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री सञ्जय गौतम पनि सहभागी थिए।

भारतबाट आएका विशिष्ट धर्मगुरु महेन्द्रजी मुकीमले महावीर स्वामीले इन्द्रियलाई नियन्त्रणमा लिएर सबै मानवप्रति प्रेमको व्यवहार गरेको र संसारलाई अहिंसाको पाठ सिकाएको बताउँदै तप, संयम एवं शान्त भावको साधनाबाट लोभ, लालचबाट मुक्त भईने बताए।

कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्