Logo

डा. केसीको अवस्था गम्भीर, पटक–पटक अर्धचेत, भेन्टीलेटर तयारी अवस्थामा



असार ३१, काठमाण्डौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जटिल भएको अस्पतालले जनाएको छ । तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न मानेका छैनन् ।

प्राध्यापक डाक्टर केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाइ मध्यनजर गर्दै अनशन स्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने सम्पूर्ण उपकरण र औषधीहरु तयारी अवस्थामा राखिएको छ ।

सम्बन्धित समाचार :

डा. गोविन्द केसीको अनशन १४औँ दिनमा, कस्तो छ अवस्था

डा.केसीको स्वास्थ्य अवस्था गम्भिर, प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना

गोविन्द केसीको श्वासप्रश्वासमा समस्या, बल प्रयोग गरेर उपचारका लागि काठमाण्डौ ल्याइने

डा. केसीको माग पूरा गर्नुपर्ने स्वतन्त्र मधेशी चिकित्सकहरुको जोड

गोविन्द केसीको पक्षमा डा.केदारनरसिंह केसी र विपक्षमा डा.वंशिधर मिश्र

डा. गोबिन्द केसीको पक्षमा चिकित्सक संध आन्दोलनमा

आज बिहानैबाट मुटुको गतिमा असामान्य परिवर्तन देखिएकाले उनको उपचारमा संलग्न चिकित्सकहरुको सल्लाह बमोजिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भेन्टिलेटर र डिफिब्रिलेटर अनशन स्थलमा राखिदिएको हो । साथै इमर्जेन्सी अवस्थामा चाहिने सबै किसिमका औषधि तयारी अवस्थामा राखिएको छ ।

यसैबीच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले विज्ञप्ति जारी गर्दै डाक्टर केसीले जुम्लामै अनशन जारी राख्न चाहेको अवस्थामा आफूहरु उपचार गर्न सक्षम रहेको जानकारी गराएका छन् ।

सत्याग्रहको १५ औँ दिनमा डाक्टर केसीको स्वास्थ्यमा दुई मुख्य समस्या देखापरेका छन् । रगतमा घट्दो सेतो रक्त कोशिकाको संख्या सँगै घाटीमा संक्रमण पनि देखिएको छ । घाँटी दुख्ने, खसखसाउने, खोकी लाग्ने र आवाजमा सामान्य परिवर्तन पनि भएको छ । तर, आफू अनशनमा रहेका कारण कुनै पनि एन्टिबायोटिक्स प्रयोग नगर्ने अडान केसीले राखेका छन् ।

त्यस्तै स्लाइन पानी दिन खोलिएको नसामा पनि संक्रमण देखिएको छ जसका कारण हात सुन्निएको छ ।

शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालले जनाएको छ ।

उनको शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा निकै कम हुनुका साथै मस्तिष्कमा रक्तसञ्चार पनि निकै कम छ ।



प्रतिक्रिया दिनुहोस्