Logo

डाक्टर केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन



काठमाडौ, ३२ ।असार जुम्लामा १७ दिन देखि अनसरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। सरकारले शिक्षा सचिवको नेतृत्वमा गृह र स्वास्थ्यका स-हसचिव सम्मिलित वार्ता टोली गठन गरेको कानूनमन्त्री शेरबहादुर तामाङले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

अनसनको कारण सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा.केसीको स्वास्थ्य अवस्था गएरातिबाट थप जटिल बनेको छ। रातको २ बजे आसपास सास फेर्न गाह्रो भएपछि डा.केसीले सहयोगका लागि आग्रह गरेको उनको उपचारमा संलग्न चिकित्सकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्